प्रहरीबाट मानवअधिकार शाखाको स्थापना
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा उहाँले नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको स्पष्ट गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकारका लागि आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वमहान्यायाधिवक्ता प्रा डा युवराज संग्रौलाले ‘प्रहरी व्यवहार तथा यातनाः नागरिक दृष्टिमा नेपाल प्रहरी’ तथा अधिवक्ता सुभाष आचार्यले ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ बारे प्रस्तुतीकरण दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्