Techie IT
मंगलबार, वैशाख ४,२०८१

काठमाडौं उपत्यकामा थप ९३४ संक्रमित फेला


नेपालमा पछिल्लो २४ घण्टामा थप   १५१३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

आज कुल १० हजार ८९२ नमुना परीक्षण गर्दा १५१३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् भने २५००० संक्रिय संक्रमित संख्याका संक्रमित भएमा सरकारले फेरी लकडाउन गर्न सक्ने भन्दै सर्बसाधारण त्रसित भएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Fair
5:36 am6:29 pm +0545