चितवन ट्राफिकद्वारा सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड चेकजाँचमा कडाइ

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड चेकजाँचमा कडाई गरेको छ । लकडाउन खुले पनि काेभिड १९ संक्रमणकाे जाेखिम अझै पनि कायमै रहेकोले चेकजाँचमा कडाई गरिएको चितवन ट्राफिकका प्रहरी प्रमुख दयाकृष्ण भट्टले बताए ।
भट्टका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्दा चालक, सहचालक एवं यात्रुहरुले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डलाई मध्यनजर गर्दै जिल्ला भित्र चल्ने लामाे तथा छाेटाे दूरीका यात्रुवाहक सवारी साधनहरुमा स्वास्थ्य मापदण्ड पालना भए/नभएकाे सम्बन्धमा जिल्लाका बिभिन्न स्थानहरुमा अनुगमन तथा चेकजाँच गरिएको हो ।
उहाँका अनुसार मापदण्डविपरित मास्क प्रयाेग नगर्ने, सामाजिक दूरीको कायम नगर्ने, ताेकिएकाे सिट संख्या भन्दा बढी यात्रु राख्ने र ताेकिए भन्दा बढी भाडा लिने ३१ वटा सवारी साधनलाई समेत कारबाही गरिएकाे उनले बताए । साथै, उनले चितवन ट्राफिकले सुरु गरिएको अनुगमन एंव कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
सवारी दुर्घटना कम गर्न रिफ्लेक्टिभ स्टिकर सहितको ड्रम
यसैबीच, सवारी दुर्घट्ना कम गराउन जिल्लाको विभिन्न स्थानहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रिफ्लेक्टिभ स्टिकर सहितको ड्रम राखेको छ ।
समुदाय- प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्लामा बढ्दै गईरहेकाे सवारी दूर्घटना न्यूनीकरण गर्ने उदेश्यले साैराहा अनलाइनकाे प्रायाेजन एवं सहकार्यमा पूर्वी चितवन क्षेत्रमा बढी दूर्घटना हुने (ब्ल्याक स्पोर्ट) र संभावित स्थानहरु खैरहनी नगरपालिकाकाे चैनपुर र चाैबिसकाेठी चाेक तथा राप्ती नगरपालिकाकाे भण्डारा र डडुवा चाेकमा गरि सचेतनामुलक रिफ्लेक्टिङ स्टिकर सहितकाे १० थान ड्रम राखेकाे हो ।
यसले राजमार्गमा सवारीकाे गति नियन्त्रण गरी रातकाे समयमा हुनसक्ने संभावित दूर्घटनालाई न्युनीकरण गर्ने अपेक्षा गरिएकाे चितवनका ट्राफिक प्रहरी प्रमुख भट्टले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्