स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ । पाल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पिसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो । उहाँले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताउनुभयो । उहाँले कोरोना परीक्षण गर्न पिसीआर मेशिन आएको र पूर्वाधारसमेत तयार भइसकेको बताउनुभयो ।
उहाँले दुई÷तीन दिनमा विद्युत् जडान गरी परीक्षणको कार्य शुरुआत गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष नारायण आचार्यले कोभिड–१९ जाँच गर्न सक्षम र प्रशस्त प्राविधिक रहेको बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले प्रयोगशाला निर्माणका लागि अस्पतालका अध्यक्षको काम प्रशंसनीय रहेको बताउनुयो ।
पाल्पाका कोरोना सङ्क्रमितहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । तानसेनमा सञ्चालन हुने प्रयोगशालाले कोरोना परीक्षण गर्न सहज हुने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्