Techie IT
सोमबार, वैशाख ३,२०८१

स्वास्थ्यमा सुधार आएपछि काँग्रेस महामन्त्री कोइराला डिस्चार्ज


काठमाडौं,  असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मंगलबार ओम अस्पताल भर्ना भएका डा. कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएका हुन् । कोईरालामा स्वकीय सचिव भरत तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेसनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो ।

उनको एक हप्तापछि फेरि पीसीआर परीक्षण गरिने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस महामन्त्री कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mist
5:38 am6:28 pm +0545