Techie IT
शुक्रबार, माघ ११,२०८१

टोखा नगरापालिका वडा नम्बर ५ ले मनायो संविधान दिवस


शोभा तामाङ

असोज ३ काठमाडौं , टोखा नगरपालिका वडा नम्वर ५ मा वडा कार्यालयको प्राङ्गणमा वडा कार्यालयको आयोजनामा स्थानिय समाजसेविहरु, जनप्रतिनिधिहरु लगायत स्थानिय ब्यक्तिहरुको उपस्थिमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ ।

सामाजिक दुरि अपनाई गरिएको उक्त कार्यक्रममा संविधानको विषयमा छलफल पनि गरिएको थियो ।
संविधाननै देशको मुल कानुन भएकोले कानुन भन्दा माथी कोहि पनि नरहेको र संविधानले सबैको अधिकार सुरक्षित गर्ने हुनाले जनताले लामो संघर्ष र बलिदानीबाट आफ्नो लागि आफैले संविधान लेखेको एतिहासिक दिन भएकोले आजको दिन स्मरणीय रहेको वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #संविधान दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545