१ करोडमा पुर्ननिमार्ण हुँदै सपनातिर्थ मन्दिर

टोखा काठमाडौ । देशकै गहनाको रुपमा लिइने टोखाको सपनातिर्थ नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमासमेत परिचित सपनातिर्थ एतिहासिक मनिदर हो ।
ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको टोखामा हरेक वैशाख १ देखि ४ गतेसम्म जात्रा मनाइदै आएको थियो ।
टोखाको सपनातिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थलमा बनाईएको पोखरीमा नुहाउँदा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको निको हुने जनविश्वास छ ।
यसै सनर्दभमा साँस्कृतिक संरक्षित क्षेत्र टोखा अन्तर्गत यो मन्दिर पुर्ननिमार्ण हुने भएको छ ।
टोखा नगर पालिकाले यसको पुर्ननिमार्णका लागि एक करोड चार लाख रुपैया बिनियोजन गरेको छ ।
टेण्डर प्रक्रिय बाट कलात्मक रुपमा मन्दिर पुन निर्माण गरी २०७८सालको बैसाष १८गते सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आज जग साइत गरी निर्माण कार्यलाइ अगाडि बढाइएको स्थानिय समाजसेवी अष्ट नारायण डंगोलले बताए ।
साथे यसको सहजिकरणको लागि श्री सपनतिर्थ छेत्र बिकास समितिको अगुवाइमा जग साइत र दोस्रो थकालिबाट पुजा आजा गरी बिधिवट रुपमा तोखा न पा का मेयर,उपमेयर ,वडाअध्यक्ष ,इन्जिनियर,समितिका पदाधिकारीहरु र आम खलकको सहभागितामा मंगलबार जग पूजा गरिएको छ ।
सपनातिर्थ मन्दिरलाई टोखाकै गहनाको रुपमा बिकाश गर्ने नगरपालिकाको उदेश्य रहेको मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुर्ननिमार्ण हुँदै सपनातिर्थ मन्दिर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्