काठमाडौको झोरमा गृहमन्त्रि थापाको रोपाई मोह (फोटो फिचर )
राधेश्याम तिमलसिना ( पुकार)
असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात असार १५, धान दिवस ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।
‘देशभर धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि काठमाडौको झोरमा किसानको रुपमा उपस्थित भए छन। युवा संघ र वाइसियलनेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे गरि धान समेत रोपेका थिए ।
सोकार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता , टेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत स्थानिय कृषकहरुको सहभागीता रहेको थियो ।








क्याटेगोरी : समाचार
ट्याग : #झोरमा, #धान दिवस, #रामबहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्