प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु
काठमाडौँ २६ भदौ । नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस सङ्क्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरेको छ ।
बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गरेका थिए । रानाभाट कोरोना सङ्क्रमणबाट निको भएका थिए ।
आफूले पहिले कहिल्यै रक्तदान नगरेको तर निको भएपछि आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गर्न आएको बताएका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा। मनिता राजकर्णिकारले बताए । रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत सङ्कलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता बुधबार भएको छ ।
रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम सङ्कलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।
सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।
त्यसमा चिकित्सक संघले प्लाज्मा सङ्कलनका लागि कोभिड–१९ सङक्रमित भई निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दातासँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ । रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताको सम्मानका लागि आवश्यक तयारी गरिएको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं। २५ का वडाध्यक्ष निलकाजी शाक्यले सङ्क्रमण निको भएकाको खोजी गरी रक्तदानमा उत्प्रेरीत गर्ने बताए ।
स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरिसकेकोछ । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै थालिने बताइएको छ ।
प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।
प्लाज्मा दान गर्दा दातालाई कुनै शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ । संघका अध्यक्ष डा। कार्कीले नागरिकको जीवन रक्षामा संलग्न हुन सरोकारवालालाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #प्लाज्माथेरापी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्