नयाँ बानेश्वर व्यापार व्यवसायीका सरकारसंग सात सुत्रिय माग

काठमाडौ । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले कोरोना भाइरस (कोभिड १९)को कारणले उत्पन्न भएका व्यावसायीका समस्या समाधान गर्न सात सुत्रिय माग राख्दै संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष रामशरण गिरीको अध्यक्षतामा बसेको बैठकले ७ सुत्रीय माग सहित दवावमुलक संघर्ष सहितको रणनिति अघि सारेको हो । संघका अध्यक्ष गिरीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष तथा समन्वय समिति समेत गठन गरेको संघका सहसचिव विक्की तण्डुकारले जानकारी दिए ।
संघले बैज्ञानिक घरभाडा निर्धारण गर्नुपर्ने, लकडाउन तथा निषेधाज्ञा अवधिको घरभाडा मिनाहा गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण व्याज मिनाहा गर्नुपर्ने,सरकारलाई तिर्नुपर्ने विविध कर मिनाहा गर्नुपर्ने, साना तथा मझौला व्यवसायीलाई विना धितो ऋणको व्यावस्था गर्नुपर्ने, शिक्षा स्वस्थ्य र सुरक्षा निशुल्कको ग्यारण्टी गर्नुपर्ने, र सम्पूर्ण निजि क्षेत्रका समस्याहरुलाई एकिकृत गरी समस्या समाधान गर्न एक उच्चस्तरिय समन्वय समिति गठन गर्नुपर्ने माग राखेका छन ।
संघले उल्लेखित माग सहित सरकारलाई ज्ञापन पत्र बुझाउने र सो माग प्रति सरकार सम्बेदशील नभई व्यवसायीको पक्षमा निर्णय नगरे तुरुन्त चरणबद्ध आन्दोलन सहित दवावमुलक संघर्ष अघी बढाउने निर्णय गरेको संघका अध्यक्ष गिरीले बताउनुभयो ।
समितिको गिरी (अध्यक्ष) र सदस्यहरुमा कल्पना दाहाल (उपाध्यक्ष), सिर्जना श्रेष्ठ (उपाध्यक्ष), खिमलाल खरेल (उपाध्यक्ष), नविन लुइटेल (सचिव), –बिक्की तण्डुकार (सह सचिव), प्रदिप लम्साल (सदस्य), कृष्ण प्रसाद सापकोटा (सल्लाहकार(, र मोहन फुयाँल (साधारण सदस्य) रहेका छन ।
सरकारले लकडाउन तथा निषेधाज्ञा गरेको ७ महिना भइसक्दा पनि सरकारबाट व्यापारी व्यवसायी प्रति संबेदनशिलता नदेखाइरहेको अवस्थामा संघको अध्यक्षतामा विभिन्न २२ वटा ब्यापार व्यवसायी संघ लगायत नेपाल राष्ट्रिय व्यवसायी महासंघ सहितको भर्चुवल बैठक गरी हालको उद्योग व्यावसायीको परिस्थिती र भावी रणनितिक कार्ययोजना विषयमा बहस गरेको थियो ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्