घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरु बेचेको साइनो पनि छैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका आफ्नो घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरु बेचेको साइनो पनि नरहेको बताएका छन्। जनता टेलिभिजनसँग कुराकानी गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन्।
‘पटकपटक यो मेरो घरबेटी भन्ने कुरा आएको छ। अब यो घरबेटीले कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? मलाई केही थाहा पनि छैन’, उनले भने, ‘यी ठेक्का भनेका त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् ती। मसँग कुनै गोरु बेचेको साइनो पनि छैन।’
मल प्रकरणमा पनि आफ्नो चासो रहेको उनले बताए। यसका साथै दोषी देखिए कारबाही गर्न पनि उनले आग्रह गरे। ‘यो मल प्रकरण के भएको हो भनेर हिजो मात्रै पनि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेँ। कसैले बदमासी गरेको छ भने कारबाही गर्दा हुन्छ। मेरो त्यसमा कुनै आपत्ति छैन।’
बाटाहरूका ठेक्का शैलुङले लिएको तर त्यसमा काम नगरे आफूलाई जोड्ने गरिएको भन्दै उनले दुखेसो व्यक्त गरे। यसका साथै आफू उनको घरमा डेरा बस्न जानुभन्दा अघिदेखि नै लिएको तर आफूलाई जबर्जस्ती जोड्ने गरिएको उनले बताए।
शैलुङ कन्सट्रक्सन र शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका अधिकारी र उनले लिने ठेक्कापट्टामा आफ्नो कुनै संलग्नता नरहेको दाबी अध्यक्ष दाहालले गरे।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्