कोरोना संक्रमितलाई घर घरमा भेट्दै तारकेश्वरका जनप्रतिनिधि (तस्विरहरु)
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा , उपप्रमुख भवानी डोटेल , प्रमुख कार्यकारी अधिकृत शिव लम्साल , स्वास्थ शाखा प्रमुख जर्नादन अधिकारी वडा अध्यक्ष सहितका टोली आज बाट तारकेश्वरका कोरोना संक्रमितहरुलाई भेट्न घर घरमै पुगेका छन ।
नगरपालिकाको निर्णय अनुसार प्रति संक्रमित ५००० सहित माक्र्स , सेनीटाइजर लयागतका स्वास्थ उपकरण सहित उनीहरु घर घरमा भेट्न पुगेका हुन ।
कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल एवं हौसला बढाउन , तथा उनीहरुको स्वास्थ अवस्था र समस्याको बारेमा बुझ्न घर घरमा पुगीएको मेयर रामेश्वर बोहोराले साझापाना अनलाइनलाई बताए ।
मेयर बोहराकाअनुसार होम आइसोलेसनमा बसेकाहरुलाई मात्र रकम दिइनेछ र अबको केही दिनभित्रै तारकेश्वरको आफ्नै आइसोलेसन सञ्चालन गर्ने तयारी भएको बताए ।
आजबाट सो अभियान तारकेश्वर वडा नं १० बाट सुरु भएको छ । तारकेश्वर १० को एउटै घरका ६ जनालाई र वडा नंं ९ को २ घरका ५ जनालाई रकम हस्तान्तरण भएको छ ।अन्य स्थानमा भोली बाट निरन्तर हुने बताइएको छ ।
तस्विरहरु :




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितहरुलाई घर घरमा भेट्दै, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्