Techie IT
शुक्रबार, फागुन २,२०८१

कोरोना संक्रमितलाई घर घरमा भेट्दै तारकेश्वरका जनप्रतिनिधि (तस्विरहरु)


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा , उपप्रमुख भवानी डोटेल , प्रमुख कार्यकारी अधिकृत शिव लम्साल , स्वास्थ शाखा प्रमुख जर्नादन अधिकारी वडा अध्यक्ष सहितका टोली आज बाट तारकेश्वरका कोरोना संक्रमितहरुलाई भेट्न घर घरमै पुगेका छन ।

नगरपालिकाको निर्णय अनुसार प्रति संक्रमित ५००० सहित माक्र्स , सेनीटाइजर लयागतका स्वास्थ उपकरण सहित उनीहरु घर घरमा भेट्न पुगेका हुन ।

कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल एवं हौसला बढाउन , तथा उनीहरुको स्वास्थ अवस्था र समस्याको बारेमा बुझ्न घर घरमा पुगीएको मेयर रामेश्वर बोहोराले साझापाना अनलाइनलाई बताए ।

मेयर बोहराकाअनुसार होम आइसोलेसनमा बसेकाहरुलाई मात्र रकम दिइनेछ र अबको केही दिनभित्रै तारकेश्वरको आफ्नै आइसोलेसन सञ्चालन गर्ने तयारी भएको बताए ।

आजबाट सो अभियान तारकेश्वर वडा नं १० बाट सुरु भएको छ । तारकेश्वर १० को एउटै घरका ६ जनालाई र वडा नंं ९ को २ घरका ५ जनालाई रकम हस्तान्तरण भएको छ ।अन्य स्थानमा भोली बाट निरन्तर हुने बताइएको छ ।

 

तस्विरहरु :

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितहरुलाई घर घरमा भेट्दै, #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545