Techie IT
शुक्रबार, माघ ११,२०८१

काठमाडौं उपत्यकाका ४०८ जनामा कोरोना संक्रमण


शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४०८ जना रहेका छन् । संक्रमितमध्ये काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ५६६ जना रहेको छ । हालसम्म देशभरमा कुल २७ हजार १२७ जना कोरोना मुक्त भइसकेका छन् ।

गत २४ घण्टामा १२ हजार ४७३ पीसीआर परीक्षण भएको छ । यसरी अहिलेसम्म देशभरमा सात लाख ५७ हजार ९६३ परीक्षण भइसकेको छ ।

शनिबार थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545