Techie IT
सोमबार, चैत्र १०,२०८१

माकलबारीमा नाङ्गो शव फेला


काठमाडौं, १३ असार । काठमाडौंको बौद्ध माकलबारीमा पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो ।

बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए ।

उनको शरीरमा कपडा छैन । टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् ।

मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #माकलबारीमा नाङ्गो शव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:01 am6:18 pm +0545