Techie IT
बिहीबार, माघ १०,२०८१

नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १२२


काठमाडौं । नाागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ । अहिलेसम्म १८ निको भएका छन् । नागार्जुन नगरपालिकाको अनुसार १०४ जना सक्रिय संक्रमितको अवस्था रहेको छ । जसमा ८७ पुरुष र ३५ महिला रहेका छन् । २ जना सम्पर्क विहिन भएका छन् । ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ५६ जना अस्पतालमा रहेका छन् । नागार्जुनमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिकामा नगर प्रमुख र वडा अध्यक्षमा पनि कोरोना संक्रमण भएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीको हिजो स्टार हस्पिटलमा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

 

नागार्जुन वडा नं. १ मा कोरोना संक्रमितको ६ जनामा २ जना निको भएका छन् । वडा नं. २ मा ११ जना छन् जसमा ४ जना निको भएका छन् । वडा नं. ३ मा ३९ जना रहेका छन भने १ जना निको भएका छन् । वडा नं. ४ मा ३३ जना कोरोना संक्रमित रहेका छन् जसमा १० जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नंं. ५ मा १२ जना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ । वडा नं. ६ मा ७ जनामा कोरेना संक्रमण देखिएको छ । वडा नं. ७ मा ५ जना कोरोना संक्रमित रहेका छन् । वडा नं. ८ मा १ जना कोरोना संक्रमित रहेका छन् । वडा नं. ९ मा ६ जना कोरोना संक्रमित भएका छन् । वडा नं. १० मा २ जना जसमा १ जना निको भएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिकामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545