Techie IT
बिहीबार, माघ १०,२०८१

चितवनमा एकै दिन ५१ संक्रमित थपिए


चितवन । चितवनमा एकैदिन थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रम्मा ३८ जना र चितवन मेडिकल कलेजमा मंगलबार साँझ गरिएको परिक्षणका क्रम्मा १३ गरी ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कलेजले आज प्रकाशित गरेको सुचनामा उल्लेख गरेको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुुुरमा १४ पुरुष र १५ महिला गरी २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ बर्ष देखी ६४ वर्ष र संक्रमित महिला ४ देखी ८० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको भरतपुर अस्पताल पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल र क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै, रत्ननगर नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य सात पुरुष र दुई महिला रहेका छन् । संक्रमित पुरुष २७ बर्षदेखी ४९ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २३ बर्ष देखी ३१ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको बकुल्हर रत्ननगर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै, खैरहनी नगरपालिकामा एक पुरुष र तीन महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुषको उमेर ३३ बर्षका रहेका छन् भने महिलाको उमेर ६४ देखि ७७ बर्ष उमेरसम्मका रहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा रहेको अवस्थामा संक्रमण भएको हो ।

त्यस्तै, कालिका नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य तीन पुरुष र दुई महिला रहेका छन् । संक्रमित पुरुष २२ बर्षदेखि २५ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

त्यस्तै, माडी नगरपालिकामा एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष ५९ बर्षका हुन् भने महिला २९ वर्षका हुन् । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै, इच्छाकामना गाउँपालिका ५ मा ३६ वर्षीया एक पुरुष र क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–४ की ३३ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545