पव्लिक युथ क्याम्पसका विद्यार्थीहरुले सुरु गरे नरेश रावल बचाउ अभियान

शोभा तामाङ
काठमाडौं । पव्लिक युथ क्याम्पसका विद्यार्थीहरुले सुरु गरे नरेश रावल बचाउ अभियान । अनेरास्ववियु पव्लिक युथ क्याम्पस कमिटिले नै अनलाइन मार्फत् आर्थिक संकलन अभियान सुरु गरेका छन् । नरेश रावल बचाउ अभियानबाट उठेको रकम युवाहरूले संकलन गरि अनलाइन माध्यमबाट रकम हस्तान्तरण गरेका छन् ।
सोही अभियान अन्तर्गत अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटी पुर्ब अध्यक्ष एवम् अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रज्वल फुँयालले आफ्नो जन्मदिनको अवसर पारी रु. ५००० सहयोग गर्नुभएको छ । वर्तमान अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटी अध्यक्ष अमित महरले रु. ३००० सहयोग गरि सकेका छन् । विद्यार्थी नेताहरुले नरेश रावल सहयोग अभियानमा सहयोग गरी उनको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिगत २ वर्षदेखि Acute Lymphoblastic Leukemia (ब्लड क्यान्सर) बाट ग्रसित भएका नरेश रावल ९२५० हाल भारतको बेगलुरु कर्नाटकामा बस्दै आउनुभएको छ। उहाँले सबै सहयोगी मनहरुबाट सहयोगको अपेक्षा राख्नुभएको छ।
उहाँलाई सहयोग गर्न चाहनु हुनेले बैंक खाता नम्वर A/C No- 2223330061838795 IFSC-RATNOVAAPIS Bank Name- RBL मा अनलाइनबाट पैसा पठाउन सकिन्छ । तपाईको सानो सहयोगे उहाँले नयाँ जीवन पाउन सक्नुहुनेछ ।
ST. Johns Hospital मा Bone Marrow Transplant गराउदै आउनुभएको उहाँलाई हस्पिटल भर्ना भने गरिएको छैन । उहाँको रु. ९०,००० भन्दा बढी खर्च भइसकेको र अझै रु १५,००,००० आवश्यक भएकोले तपाई हामी सबैले उहाँलाई साथ र सहयोग गर्नु जरुरी छ।
क्याटेगोरी : समाचार
ट्याग : #नरेश रावल बचाउ अभियान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्