काभ्रेस्थलीमा एकै परिवारमा ४ जनामा कोरोना पुष्टी ,घर तथा चर्च शिल

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा एकै परिवारमा ४ कोरोना पुष्टी भएको छ ।
पद्मशाल टोल अन्र्तगतको एकघर परिवारलाई कोरोना संक्रमण भएको हो ।
एकै परिवारमा ४ जनालाई कोरोना पुष्टी भएपछि वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सीको नेतृत्वमा स्थानिय समाजसेवी , स्वास्थ शाखा प्रमुख ,धर्मस्थलि चौकीका प्रतिनिधि ,पद्मशाल टोलशुधार समितिका अध्यक्ष अर्जुन तामाङ्ग सहितको रोहबरमन पद्मशामन रहेको घर तथा चर्च शिल गरिएको छ ।
सो स्थानमा संक्रमण देखीएसंगै कन्ट्रयाक ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष रबिन्द्र के.सीले साझापानालाई बताए ।
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५ जना पुगेको छ ।
नगरमा संक्रमितको संख्यामा अघिल्लो हप्तादेखि दैनिक रुपमा वृद्धि हुने क्रम बढेको छ । सोमबारसम्मा उक्त संख्यामा कोरोना फैलिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ। त्यसमध्ये निको हुनेको संख्या २५ मृत्यु हुने एक, सक्रिय संख्या ७९ रहेको छ। त्यस्तै ५ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ३८ जनाको कन्टयाक ट्रेसिङ पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीमा एकै परिवारमा ४ कोरोना पुष्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्