Techie IT
शनिबार, असार २१,२०८२

शिबपुरी गाउँपालिकामा ७ जनालाई कोरोना संक्रमण


नुवाकोट । शिबपुरी गाउँपालिकामा ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

गाँउपालीकाको ६७ जनालाई पिसिआर टेष्ट गर्दा वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाँउपालीकाको एक जनालाई कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले साझापानालाई बताए ।

कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिइसकेको र नसकेको पहिचान गरी तत्काल कन्ट्याक्ट ट्रेसिङ्गमा सहयोग गरिदिनु हुनका लागी सम्बन्धित वडाका जनप्रतिनिधिहरुमा स्थानियले अनुरोध गरेका छन ।

पछिल्लो समय काठमान्डौबाट गाउँ फर्किने क्रम बढे संगै सो स्थानमा संक्रमण बढेको हो ।

 

यसै बिच शिवपुरी गाँउपालिकाले स्थानिय जनतालाई निशेधाज्ञा पालना गरी अत्याबश्यक काम बाहेक घर बाहिर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #शिबपुरी गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545