तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना संक्रमण , काँहा काँहा ?

काठमाडौं । तारकेश्वर नगरपालिकामा आजसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थप भएकाहरु मध्ये वडा नं. ३ बाट १ जना ५८ वर्षे महिला रहेको छ । उनलाई अहिले मेगा सिटि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै तारकेश्वर वडा नं. १० मा थप २ जना, वडा नं. ११ मा थप ३ जना र वडा नं. ४ मा थप १ जना संक्रमण थपिएको छ ।
त्यस्तै हिजो मात्र नवीन नगरमा पोजेटिभ देखिएको २ जनालाई हिजै सशस्त्रको बलम्वुस्थित आइसोलेसनमा लगेको छ । तारकेश्वर नगरपालिकाका नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीकाअनुसार भोली तारकेश्वर वडा नं. १० को मानसिंहबाट ४०–४५ जनाको श्वाब संकलन गर्ने तयारी भएको बताउनु भएको छ ।
अधिकारीका अनुसार तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको मनोवल वृद्धिका लागि अन्य नगरपालिकालेझैं केही प्रतिशत भत्ता दिने भएको छ । त्यस्तै तारकेश्वर नगरपालिकाले केही दिनभित्र पत्रकारहरुलाई कोरोना संक्रमण र पछिल्लो गतिविधिबारे जानकारी दिने बुझिएको छ ।
फरकपत्र संवाददाता
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्