Techie IT
आईतबार, असार २२,२०८२

संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको कामदारमा कोरोना पोजेटिभ


संखुवासभामा आज थप १ जना ३२ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार अरुण तेस्रोले फ्याक्सिन्दामा बनाएको क्वारेन्टाईनमा बसेका १ जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । भारतको विहारबाट अरुण तेस्रो आयोजनामा काम गर्न आएका कामदारमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सखुवासभाले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको छ । यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् भने ३ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा उपचार भईरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545