जीवनराज दाहालद्धारा हाँस्यव्यङ्ग्य कलाकारको नि:शुल्क एप्लिकेसन सार्बजनिक
केही वर्ष अघि नेपाली हाँस्यव्यङ्ग्य कलाकारको जीवनी सङ्ग्रहित पहिलो पुस्तक निकालेर चर्चामा आएका लेखक जीवनराज दाहालले पछिल्लो समय केही नयाँ सोचका साथ नयाँ हाँस्यव्यङ्ग्य कलाकारको नामावली थपि नि:शुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका छन् । “अब पहिलेझैँ किताब किनेर पढ्नु पर्दैन, आफ्नो एन्ड्रोइड मोबाइल वा ट्याब्लेटबाट नि:शुल्क रुपमा किताब नै पल्टाएझैँ पन्ना पल्टाइ पल्टाइ पढ्न मिल्छ”, जीवनले भने ।
७२ जना हाँस्यव्यङ्ग्य कलाकारको फोटो सहितको जीवनी समेटिएको एपमा नयाँ पुराना ३०० जति यसै क्षेत्रका कलाकारको नामावली समेटिएको छ । नेपालमा हास्यव्यङ्ग्यको सुरुवात, गाईजात्राको सुरुवात, चलचित्रमा हाँस्यरसको सुरुवात, नेपालका हास्य जोडीहरू लगायत देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको शुभकामना समेत समेटिएको छ ।
नेपाली एप्स घरले पब्लिक गरेको उक्त एपको नाम “Biography of Nepali Comedy Artists” राखिएको छ । पाँच एम. बि. साइज रहेको उक्त एपलाई प्लेस्टोरबाट आफ्नो एन्ड्रोइड सेटमा सजिलै इन्स्टल गरी पढ्न सकिन्छ ।
“हाल Android भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म IOS भर्सनमा ल्याउने” सम्पादक उद्धवकुमार घिमिरेको विचार छ । जीवनराज दाहालले तयार पारेको कलाकारको जीवनी सङ्ग्रहलाई उद्धव कुमार घिमिरेले सम्पादन गरेका हुन् । हिरादेवी नेपालद्वारा प्रकाशन गरिएको उक्त किताबलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराज दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्