जीवनराज दाहालद्धारा हाँस्यव्यङ्ग्य कलाकारको नि:शुल्क एप्लिकेसन सार्बजनिक

केही वर्ष अघि नेपाली हाँस्यव्यङ्ग्य कलाकारको जीवनी सङ्ग्रहित पहिलो पुस्तक निकालेर चर्चामा आएका लेखक जीवनराज दाहालले पछिल्लो समय केही नयाँ सोचका साथ नयाँ हाँस्यव्यङ्ग्य कलाकारको नामावली थपि नि:शुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका छन् । “अब पहिलेझैँ किताब किनेर पढ्नु पर्दैन, आफ्नो एन्ड्रोइड मोबाइल वा ट्याब्लेटबाट नि:शुल्क रुपमा किताब नै पल्टाएझैँ पन्ना पल्टाइ पल्टाइ पढ्न मिल्छ”, जीवनले भने ।
७२ जना हाँस्यव्यङ्ग्य कलाकारको फोटो सहितको जीवनी समेटिएको एपमा नयाँ पुराना ३०० जति यसै क्षेत्रका कलाकारको नामावली समेटिएको छ । नेपालमा हास्यव्यङ्ग्यको सुरुवात, गाईजात्राको सुरुवात, चलचित्रमा हाँस्यरसको सुरुवात, नेपालका हास्य जोडीहरू लगायत देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको शुभकामना समेत समेटिएको छ ।
नेपाली एप्स घरले पब्लिक गरेको उक्त एपको नाम “Biography of Nepali Comedy Artists” राखिएको छ । पाँच एम. बि. साइज रहेको उक्त एपलाई प्लेस्टोरबाट आफ्नो एन्ड्रोइड सेटमा सजिलै इन्स्टल गरी पढ्न सकिन्छ ।
“हाल Android भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म IOS भर्सनमा ल्याउने” सम्पादक उद्धवकुमार घिमिरेको विचार छ । जीवनराज दाहालले तयार पारेको कलाकारको जीवनी सङ्ग्रहलाई उद्धव कुमार घिमिरेले सम्पादन गरेका हुन् । हिरादेवी नेपालद्वारा प्रकाशन गरिएको उक्त किताबलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराज दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्