यसरी भएको थियो खाँदबारीको आईसोलेसन वार्ड तोडफोड ( अपडेट भिडियो सहित )
सर्वत्र विरोध भएपछि कोरोना संक्रमितलाई ४ दिन पछि संखुवासभाको खाँदबारीमा उपचारका लागि ल्यार्ईयो

सर्वत्र विरोध भएपछि कोरोना संक्रमितलाई ४ दिन पछि संखुवासभाको खाँदबारीमा उपचारका लागि ल्यार्ईएको छ ।
चार दिनसम्म उपचार नपाएपछि ३ जना संक्रमितले आइसोलेसनको सट्टा खोला किनारमा निर्माण गरिएको छाप्रीमा राखेको भिडियो सार्वजनीक गरेका थिए । उनीहरुलाई मादी नगरपालिकामा पर्ने पिलुवाखोला किनारमा टिनको छाप्रीमा राखिएको हो । सर्वत्र विरोध गरेपछि उनीहरुलाई हिमालय किरण क्याम्पसको आईसोलेसनमा उपचारका लागि ल्याइएको हो ।
यसैबीच, हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आईसोलेसन प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेसु सुन्दरश्याम झाले बताउनुभयो । झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको छ । चोरीमा संलग्न कसैलाई पक्राउ गर्न सकिएको छैन । यसैबीच, जिल्ला अस्पतालले कोरोना उपचारमा संलग्न चिकित्सक र एम्बुलेन्स चालकलाई ज्यान मार्ने धम्की दिएको जनाएको छ । मेसु सुन्दरश्याम झाले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउने, डरधम्की दिने र स्वास्थ्य सामाग्री चोरी र तोडफोड गर्नेलाई पनि कारवार्ही गर्न माग गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्