टोखामा ७७ जनामा कोरोना पोजेटिभ
कोरोनाबाट २ जनाको मृत्यु , २४ जना निको

काठमाडौं । टोखा नगरपालिकामा आजसम्मको तथ्याङ्कअनुसार ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं जिल्लाभित्रको नगरपालिका मध्ये सबैभन्दा धेरै बुढानिलकण्ठमा देखिएको छ भने दोस्रोमा टोखा नगरपालिका पर्दछ ।
टोखा नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा अहिलेसम्म २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टोखा न.पा वडा नं ६ र वडा नं ९ को महिला रहेका छन् । उनीहरु दुबै जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै संक्रमितमध्ये २४ जनालाई निको भएको छ भने ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
टोखाको वडा नं. १० मा सबैभन्दा बढि संक्रमितको संख्या देखा परेको छ । त्यस्तै वडा नं. २ र वडा नं. ८ मा अहिलेसम्म संक्रमितको संख्या भेटिएको छैन ।
वडा नं ६ मा ११ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं १ मा २ जना, वडा नं ३ मा ७ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ६ जना, वडा नं ७ मा ५ जना, वडा नं ९ मा ४ जना र वडा नं ११ मा ४ जनालाई संक्रमण देखिएको छ । नगरपालिकाको रहोबरमा परीक्षण गराउनेमध्ये १६ जना संक्रमित टोखा बाहिरका रहेका छन् ।
नगरपालिकाका अनुसार संक्रमित मध्ये २३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना संक्रमित सम्पर्कविहीन अवस्थामा छन् ।
टोखा नगरपालिकाले अहिलेसम्म १२०० भन्दा बढिको मानिसको पिसिआर परिक्षण गरिसकेको नगर स्वास्थ्य साखा प्रमुख रनलाल कुलालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा ७७ जनामा कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्