आइसोलेसन , भेन्टीलेटर सहीत क्वारेन्टाइन निर्माण गदै टोखा नगरपालिका , ९ सदस्य समिति गठन ( निर्णय सहित )

काठमाडौ । टोखा नगरपालिकामा कोरोना संक्रमण बढेदो क्रममा छ । यसलाई रोकथाम र नियन्त्रणका लागी टोखाका जनप्रतिनिधिहरु सक्रियरुपमा लागिपरेका छन । बुधबार नगरकार्यपालिकाको बैठकले उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको छ ।
उपमेयको संयोजकत्वमा जनप्रतिनिधि सहित सर्बदलिय ९ सदस्य समितिले भ्यान्टीलेटरको आवश्यकता र औचित्यताको आधारमा पूर्वाधार तथा स्वास्थकर्मीहरु संगको समन्यनमा आवश्यक निर्णय लिने भनिएको छ ।
हाल तिलिङ्गटार मा.बि लाई क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार अन्य स्थानमा पनि निमार्ण गरिने छ ।
बैठकले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ चौकीको नियमित सेवालाई बन्द गरि कोरोना संक्रमित ब्यक्तीहरुलाई राख्ने ब्यवस्था गर्ने , र आवश्यकता अनुसार सरकारवाला पक्षलाई सिफारीस गरी भेन्टीलेटरको ब्यवस्था मिलाइने निर्णय गरेको छ ।
वडा नं १ मा रहेको सामुदायीक भवन , वडा नं ६ मा रहेको सामुदायीक अध्यन केन्द्र ,वडा नं ९ को पिस ब्याकैट , राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको भवन , खेलकुद भवन लागायतका संभावित स्थानहरुलाई आवश्यकता र औचित्यको आधारमा कोरोना संक्रमित बिरामीहरुलाई राखिने भएको छ ।
यसैगरि सो बैठकले बिष्णुमति करीडोर निर्माणमा सरोकारवाला संग छलफल अघि बढाई पकृया अघि बढाइने मेयर प्रकाश अधिकारीले बताए ।
धापासी स्वास्थ चौकीमा कार्यरत महिला स्वास्थ सेवीका मन के.सी लाई पचास हजार रुपैया सहयोग गर्ने र कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बस्नेलाई सन्तुलित भोजनकालागी स्वास्थ शाखाको सिफारिसमा प्रतिदिन रु ३५० उपलब्ध गराइने मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #आइसोलेसन, #टोखा नगरपालि, #भेन्टीलेटर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्