बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन रहेको आइतवारे बाल उधान निर्माण हुने

काठमाडौं ,भाद्र २ । प्रनेल महर्जन / कञ्चन खड्का /आरजु खड्का
बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन रहेको आइतवारे पार्क क्षेत्रमा बाल उधान निर्माण हुने भएको छ। बागमती प्रदेस सरकारले सो क्षेत्रमा बाल उधान निर्माणका लागि बजेट बिनियोजन गरेको छ।सो क्षेत्रमा बाल उधान निर्माणका लागि बागमती प्रदेस सरकारले २० लाख रुपैया बिनियोजन गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा निर्माण भैरहेको सो पार्कलाई बिस्तृत परियोजना प्रतिवेदन (DPR ) अनुसार निर्माण गर्नका लागि बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,वडा नं ५ का अध्यक्ष विजय तामांग र उपभोक्ता समिति विच छलफल गरिएको छ।
सो छलफलमा प्रदेश सभा सदस्य दीपक निरौलाले आइतबारे पार्क निर्माण कार्यलाई बिस्तार गर्दै उपभोक्ता समितिलाई आइतबारे पार्क DPR अनुसार काम गर्न समिती अघि बढ्नुपर्नेबताएका थिए।
निरौलाले सामुदायिक वन कृयासिल भएर अघि बढ्न र सामुदायिक वनमा उत्पादनमुलक क्षेत्र बनाउनमा जोड दिदै सामुदायिक वन सरसफाइका साथै संरक्षण गर्न सके आयमुलक श्रोत बनाउन सकिने धारणा राखेका थिए।
वडा नं ५ का वडा अध्यक्ष बिजय तामाङले बजेटकाे कार्यहरु सबै मिलेर कार्यान्वयनमा अघि बढाउने प्रतिबध्दता व्यक्त गर्दै पुर्बाधारहरु विकास गरी आइतबारे पार्क निर्माण गर्ने बताएका थिए।
त्यस्तै उपभोक्ता समितिका अध्यक्ष सन्दीप तामाङले प्रदेश सभा सदस्य संग सहमति जनाउँदै आगामी दिनमा बिकास निर्माणका कार्यमा सक्रिय रहने प्रतिवादत्ता ब्यक्त गरेका थिए भने वडा नं ५ की सदस्य हेब्सिवा तामांगले सो पार्क निर्माणले स्थानीय क्षेत्रको पर्यटन प्रवर्धन गर्ने धारणा राखेकी थिइन्।
(प्रनेल महर्जन / कञ्चन खड्का /आरजु खड्का सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #आइतवारे बाल उधान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्