Techie IT
आईतबार, माघ १३,२०८१

संक्रमण बढेको कि मृत्युदर? आज मात्र कोरोना संक्रमित ५ जनाको मृत्यु


कोरोना संक्रमणको कारण मंगलबार एकैदिन ५ जनाको मृत्युु भैसकेको छ।

मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १ र १ जना रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते पाटन अस्पताल भर्ना भएका नवलपरासीका ३६ बर्षका एक पुरुषको आज बिहान मृत्यु भएको हो । त्यस्तै काभ्रेको धुलिखेलमा ९८ बर्षका एक वृद्धको मृत्यु भएको छ।

यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । पोखराका ८७ वर्षीय पुरुष, कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिला र बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११३ जना पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #death


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545