पोखरामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
पोखरामा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एक÷एक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा स्वासप्रस्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोनासहित मधुमेह, प्रेसरलगायतका रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ का ५० वर्षीया महिलाको पोखरा स्थित कास्की सेवा हस्पिटलमा उपचारको क्रममा गएराति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसियुमा राखेर उपचार भइरहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्