वाग्मती प्रदेशले पाँच अस्पताललाई स्वास्थ्य उपकरण वितरण गर्दै

वाग्मती प्रदेश सरकारले प्रदेशका पाँच अस्पताललाई भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण वितरण गर्ने भएको छ । कोभिड नियन्त्रणका लागि तिब्बत सरकारबाट प्राप्त उपकरण आवश्यकताका आधारमा विभिन्न अस्पताललाई वितरण गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
तीमध्ये विभिन्न प्रकारका ७५ थान उपकरण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललाई, ४२ थान भक्तपुर अस्पताललाई, ३५ थान धादिङ अस्पताललाई, ३१ थान नुवाकोटको त्रिशूली अस्पताललाई र २७ थान सिन्धुली अस्पताललाई वितरण गर्न लागिएको जनाइएको छ । प्रदेश सरकारले चार थान प्यासेन्ट मोनिटर भने गण्डकी प्रदेश सरकारलाई वितरण गर्ने जनाइएको छ ।
पन्ध्र थान विभिन्न प्रकारका उपकरण तथा पिपिइ, मास्क, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स, डिस्पोजेबल गोफेन्ट क्याप, मेडिकल आइसोलेन बुट, सु कभर भने आवश्यकतानुसार वितरण गर्नेगरी राखिने जनाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयको पहलमा तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री केही दिनअघि वाग्मती प्रदेशलाई सहयोग गरेको थियो ।
प्रदेश सरकारलाई भेन्टिलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, इलेक्ट्रो कार्डियोग्राफ तीन थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अल्ट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्यास एनलाइजर १० थान, डेफिग्रीलेटर मोबाइल १० थान, अक्सिमिटर पल्स २० थान, आइसियु बेड ५० थान, पिपिइ एक हजार थान, एन ९५ मास्क दुई हजार थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोब्स दुई हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार थान, मेडिकल आइसोलेन बुट, सु कभर दुई हजार थान सहयोग प्राप्त भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । –––
क्याटेगोरी : समाचार
ट्याग : #medical equipmenr
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्