नेकपाद्वारा स्वास्थ्य सामग्री र औषधि वितरण
नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ ।
सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै सङ्क्रमित बसेको घरलाई निर्मलीकरण गरिएको उहाँले बताउनुभयो ।
विराटनगर–८ मा १७ जना सङ्क्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताउनुभयो । स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गर्नुभएको थियो । –––
क्याटेगोरी : समाचार
ट्याग : #equipment
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्