सिन्धुपाल्चोक पहिरो पिडितलाई गाँउमै पुगेर लायन्स क्लव अफ काठमाडौ आधारद्धारा सहयोग
सिन्धुपाल्चोकको बाह्रबीसेमा भीषण बाढी तथा पहिरो पिडितलाई लायन्स क्लव अफ काठमाडौ आधारले राहात सहयोग गरेको छ ।
बारबिसे नगरपालिकाको मायाथानमा पहिरो जाँदा करिब ७० घर जोखिममा परेका छन्। अविरल बर्षापछि गएको पहिरोका कारण सो क्षेत्रका भिरकुना, ओख्रिनी, चौतारी टोल, दमाई खोल्छा, काभ्रेडिल, नागेडाँडा लगायतका क्षेत्रका घर जोखिममा परेका छन्।
वर्षात पछि पनि खोलाको वहाव निरन्तर बढेको र बाढी पहिरोको खतरा भएकोले पिडित बासिन्दाका लागि सो क्लवले राहात बितरण गरेको हो ।
अति नै जोखीमपुर्ण यात्रा गरी ,निरन्तर बर्षाको कारण पहिरो गई घरबारबिहिन हुन पुगेका सिन्धुपाल्चोक जिल्ला ड्राइपोर्टका ६० विस्तावित घर परिवारलाई आफ्नै क्लबका सदस्यहरुबाट संकलन भएको रकमले करिब दुई महिनालाई पुग्ने खाद्यान्न, माक्स , लगायतका राहत सामग्री खरीद गरी डाईपोर्टस्थति भन्सार कार्यालयमा आश्रय लिएर बसेका पिडीत परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको क्लव अध्यक्ष धन माया सिंजाली श्रेष्ठले बताइन।
करिव १३ घण्टाको कठिन यात्रा गरेर पिडामा छटपटाई रहेका वास्तविक पिडकलाई सहयोग गर्न पाउँदा सम्पूर्ण क्लव परिवार खुशी रहेको उनी बताउछिन ।
क्लब अध्यक्ष . धन माया सिंजाली (लायन्स क्लब अफ काठमाण्डौ आधार ) प्रमुख अतिथी – देवी बहादुर बुढाथोकी (समाजसेवी) अतिथी – शम्भु शेर्पा (समाजसेवी) कार्यक्रम संयोजन.- गेल्मु बुढाथोकी (क्लब First VP ) लगायतका क्लवका पदाधिकारीहरुको उपस्थित रहेको कार्यक्रमलाई लायन्स क्लव अफ काठमाडौ अर्पनको सहयोग रहेको थियो ।
सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाको मायाथानमा पहिरो जाँदा करिब ७० घर जोखिममा परेका छन्। अविरल बर्षापछि गएको पहिरोका कारण सो क्षेत्रका भिरकुना, ओख्रिनी, चौतारी टोल, दमाई खोल्छा, काभ्रेडिल, नागेडाँडा लगायतका क्षेत्रका घर जोखिममा परेका छन्।
पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षति पुगेको छ भने त्यहाँका स्थानीयहरुसमेत विस्थापित भएका छन्। भूकम्पपछि न्यन मात्रमा पहिरो आएको सो क्षेत्रमा स्थानीयले पक्की घर बनाएर बसेका थिए। अहिले पहिरो आएपछि रातभर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ।
क्याटेगोरी : समाचार
ट्याग : #बाह्रबीसेमा भीषण बाढी, #लायन्स क्लव अफ काठमाडौ आधार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्