तारकेश्वरमा कोरोना देखिएको स्थानमा पिसिआर परिक्षण गर्दा स्थानीयहरुको विरोध पर्दशन

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० लोकतान्त्रिक चोक नजिक ४ दिन अघि कोरोना पोजेटिभ देखिएको स्थानमा ४ दिनपछि आज नगर स्वास्थ्य साखाले कोरोना पोजेटिभ देखिएको व्यक्तिको परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न लागेको छ ।
स्वाव संकलन ९ जनाको मात्र गर्ने भनिएपछि उक्त घरको भाडामा बसोबास गरेकाहरुले विरोध जनाइरहेका छन् । उनिहरुले हामी सबैको स्वाव संकलन गर्नुप¥यो भन्दै आएका छन् ।
४ दिनपछि स्वास संकलन गर्न नगर स्वास्थ्यको टोली गएपछि स्थानीयहरु आक्रोशित हुँदै अहिलेसम्म किन नआएको भनेर स्थानीय सरकारको आलोचना गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना पोजेटिभ देखिएको स्थानहरुमा सिल गर्न सकिने निर्देशन भएपनि तारकेश्वरमा कतै पनि सिल नगरिएकपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।
हामीले तारकेश्वर नगर स्वास्थ्य साखा प्रमुखलाई तारकेश्वरका अन्य स्थानको कोरोना संक्रमणबारे बुझ्न खोज्दा उहाँले आफुलाई थाहा नभएको बताउनुभयो ।
तारकेश्वर वडा नं. ५ मा एक जनालाई कोरोना संक्रमण देखिएको वडाध्यक्ष बासु गौतमले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्