धरान उपमहानगरपालिकामा सात दिन लकडाउन

उपमहानगरपालिका धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ ।आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्।
‘पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पायौं। यसको परीक्षण गरेर एकिन गर्न एक साता लकडाउन गर्ने भनिएको हो’ उनले भनिन्, ‘जिल्ला सुरक्षा समितिले त्यहीँ सुझाव दिनुभएको छ ।’उनले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताइन् । योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ। उपमेयर सुवेदीले समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी रहेको जनाइन् । ‘उक्त परीक्षण गरेपछि कस्तो नतिजा आउँछ अनि त्यही अनुसार लकडाउन थप्ने वा हटाउने निर्णय हुन्छ,’ उनले भनिन् ।
पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ । जसका कारण संक्रमण समुदायमै फैलिएको हो कि भन्ने अनुमान गरिएको हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्