स्रोत नखुलेको लाखौं रकम सहित प्रमुख प्रशासकिय अधिकृत पक्राउ
श्रोत नखुलेको चौध लाख भन्दा बढी रकम सहित तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
श्रोत नखुलेको रकम साथमा लिई हिडेंको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा २ झ। ४०९९ बाट उक्त रकम सहित उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई नागढुङामा रोकी चेकजाँच गर्दा साथबाट केहि नगद, फिक्स डिपोजिट तथा बैंक डिपोजिट रसिदहरू गरी कुल चौध लाख अठचालीस हजार सहित नागढुङाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #स्रोत नखुलेको लाखौं रकम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्