Techie IT
बिहीबार, असार १९,२०८२

पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण


काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

कुल संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:11 am7:04 pm +0545