निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । सिंहदरबार परिसरमा असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कावा अध्यक्ष भोला पोखरेलले जानकारी दिनुभयो ।
विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ ।
अध्यक्ष ढकाल उपसचिवमा बढुवा भएपछि अहिले कावा अध्यक्षको रुपमा पोखरेल हुनुहुन्छ । सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कावा अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताउनुभयो ।
उहाँले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड–१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । करिब ९२ हजार निजामती कर्मचारी सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकै पटक हुने छ ।
निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका सङ्घ सङ्गठनको सहभागिता हुनेछ । कावा अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी छन्
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निजामती कर्मचारी, #भोला पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्