Techie IT
शनिबार, असार २१,२०८२

सिंहदरबारभित्रका कर्मचारीमा लिईयो पिसिआरको लागी स्वाब


काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ।

उपत्यका भित्र कोरोना संक्रमणको अवस्था के छ भनेर आंकलन गर्न सकिने भएकाले सिंहदरबारभित्रका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताएका छन।

हालसम्म उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ। काठमाडौँमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #swab collection


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545