जलमग्न तुम्लिङटार बजार , तिन घर भत्किए (फोटो फिचर)
डुबानमा परेको तुम्लिङटार भिडियो सहित
लगातारको बर्षात्का कारण संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार बजार डुवानमा परेको छ । सोमबारदेखि लगातार परेको बर्षाले तुम्लिङटारका कम्तिमा सय घर डुवानमा परेको छ । घरभित्र पानीबसेपछि ३ वटा घर भत्केको छ । विनाृेद बाह्कोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका बिभिन्न स्थानका ४ जनाको घरमा क्षति पुगेको छ ।

माटो र ढुंगाले बनेको कच्चीघर डुवानका कारण जोखिममा परेको छ । मंगलबार विहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार एक्कासी डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुवानमा परेको स्थानीयले बताएका छन् । घरभित्र पानी बसेपछि व्यापारी मारमा परेका छन् ।

पहिरोले खाँदबारी नगरपालिका ६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामाग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी ३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : भिडियो, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्