संखुवासभामा ‘आफ्नै लागि माक्स लगाउ’ अभियान (फोटोफिचर)

नेपाल सरकारले लकडाउन खुला गर्ने निर्णय गरे संगै सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा उद्योग बाणिज्य संघले ‘आफ्नै लागि माक्स’ अभियान थालेको छ । संखुवासभा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।
सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई “कोरोना संग बच्न सामाजिक तथा भौतिक दुरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो । सो क्रममा स्थानीय ब्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेहरूलाई निःशुल्क मास्क वितरण गरेका छन ।
अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजार भन्दा बढी मास्क वितरण गरिएको संखुवासभा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण भगत प्रधानले बताउनुभयो ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुले संगै जिल्लामा लापरबाही पनि बढ्दै गएकोले सम्भावित जोखिमलाई ध्यान दिदै ‘आफ्नै लागि माक्स लगाउ’ अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो । डिसपी मल्लका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र दोस्रो चरणबाट कारबाही गर्ने योजना रहेको बताउनुभयो ‘आफ्नै लागि माक्स लगाउ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले प्रतिबद्धता जनाउनुभयो ।
सुजन बज्राचार्य खाँदबारी, संखुवासभा –
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्