सिलिचोङका पहिरो विस्थापितलाई दुई युवाले गरे एक लाख दश हजार सहयोग

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल संखुवासभाका जिल्ला सभापति टकमान घले र कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका सहसचिव तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र घलेले सिलिचोङका पहिरो विस्थापितहरूलाई एक लाख दश हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार आयोजित एक कार्यक्रममा युवा नेताद्वयले सिलिचोङ समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, जिल्ला सचिव निरु तामाङ (बस्नेत)लगायतको उपस्थिति थियो । सहयोग रकम हस्तान्तरण गर्दै घलेले प्राकृतिक विपत्तिको घडीमा महलमपट्टि लगाउन यो रकमले केही सहयोग गर्ने विश्वास व्यक्त गरे । यसैगरी चिचिला गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेका घलेले दुःख र पीडाका वेला उनीहरूको आँसु पुछ्न नसके पनि केही सक्ने सहयोग गरेको बताए ।
२७ असार राति सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएको पहिरोमा बेपत्ता भएका ११ जना अझै फेला परेका छैनन् भने नौजनालाई बगाएको थियो । विस्थापित परिवारहरूलाई सोही गाउँपालिकाको बुधबारे बजार र चित्रेका अस्थायी वासस्थानमा राखिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्