कालिगण्डकी गाउँपालिकामा मन्त्री अर्यालद्वारा राहत बितरण

स्याङ्जा, असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गर्नुभएको छ ।
श्रद्धाञ्जलीसभा कार्यक्रममा गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो ।
पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवासी इमानसिंह राना, गिमानसिंह थापा, टिकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेलाई नगद सहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको हो । त्यस अवसरमा पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो ।
त्यस अवसरमा मन्त्री अर्यालले सचिवालयका स्वकीय सचिव बुद्ध घर्तीमार्फत मृतकप्रति श्रध्दाञ्जलि, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको स्वास्थलाभको कामना सन्देश पठाउनुभएको थियो । मन्त्री अर्यालद्वारा जारी सन्देशमा वर्षाका कारण आफु उपस्थित हुन नसकेपनि आफ्नो तर्फबाट रहने साथ, सहयोग सधैं रहने बताउनुभएको थियो ।
त्यस अवसरमा संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कालिगण्डकी गाउँपालिका, #पद्माकुमारी अर्याल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्