पुर्व राज्यमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाद्वारा पहिरोमा घाइते भएकाको हेलिकप्टरबाट उद्धार ( फोटो फिचर )
पहिरोले बिस्थापितहरुलाई निशुल्क हेलिकप्टर सेवा र राहत सामग्री

संखुवासभा । मंगलबार दिउँसो सिसुवाखोलाको आकाशमा लगातार हेलिकप्टर उडिरह्यो । एक पटकको उडान नेपाली सेनाले खाद्यन्न सामग्री ल्याएको हो भने ६ पटकको उडान पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको थियो ।
नेता द्वयले उपलब्ध गराउनुभएको राहत सामग्री पुराउन तीन पटक बेसिन्दा पुराएको थियो भने चित्रेमा रहेका १५ जना अशक्त विस्थापितहरुलाई सिसुवाटार झारेको थियो । पाँच जनाको मात्र क्षमता भएको हेलिकप्टरबाट तीन पटक गरेर १५ जनालाई सिसुवाटार झारेको थियो । पहिरोमा परि घाईते भएका दुई जनालाई पनि हेलिकप्टरबाट खाँदबारी अस्पताल ल्याईएको थियो ।
यसरी दिनभरि गरिएको सवै उडान निशुल्क रहेको शेर्पाले जानकारी दिनुभयो । यसरी गरिएका उडानहरु र राहत सामग्रीको सम्पुर्ण खर्च पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको ब्यक्तिगत रहेको पुर्व राज्यमन्त्री खड्काले जानकारी दिनुभयो ।
पुर्व राज्यमन्त्री खड्का, नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पा, नेपाली कांग्रेसका संखुवासभा सभापति दिपन श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्रीय सभापति उमेश चौहान लगायतको टोली हेलिकप्टरबाट घटनास्थल पुगेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्