पुर्व राज्यमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाद्वारा पहिरोमा घाइते भएकाको हेलिकप्टरबाट उद्धार ( फोटो फिचर )
पहिरोले बिस्थापितहरुलाई निशुल्क हेलिकप्टर सेवा र राहत सामग्री
संखुवासभा । मंगलबार दिउँसो सिसुवाखोलाको आकाशमा लगातार हेलिकप्टर उडिरह्यो । एक पटकको उडान नेपाली सेनाले खाद्यन्न सामग्री ल्याएको हो भने ६ पटकको उडान पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको थियो ।
नेता द्वयले उपलब्ध गराउनुभएको राहत सामग्री पुराउन तीन पटक बेसिन्दा पुराएको थियो भने चित्रेमा रहेका १५ जना अशक्त विस्थापितहरुलाई सिसुवाटार झारेको थियो । पाँच जनाको मात्र क्षमता भएको हेलिकप्टरबाट तीन पटक गरेर १५ जनालाई सिसुवाटार झारेको थियो । पहिरोमा परि घाईते भएका दुई जनालाई पनि हेलिकप्टरबाट खाँदबारी अस्पताल ल्याईएको थियो ।

यसरी दिनभरि गरिएको सवै उडान निशुल्क रहेको शेर्पाले जानकारी दिनुभयो । यसरी गरिएका उडानहरु र राहत सामग्रीको सम्पुर्ण खर्च पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको ब्यक्तिगत रहेको पुर्व राज्यमन्त्री खड्काले जानकारी दिनुभयो ।


पुर्व राज्यमन्त्री खड्का, नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पा, नेपाली कांग्रेसका संखुवासभा सभापति दिपन श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्रीय सभापति उमेश चौहान लगायतको टोली हेलिकप्टरबाट घटनास्थल पुगेका थिए ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्