झरीमा रुझ्दै ओलीको समर्थनमा जुलुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला समर्थकले सडकमा प्रदर्शन थालेका छन् । ।
प्रदर्शनमा सहभागिहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दाबाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।
नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका युवाहरुले देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ओलीको समर्थनमा जुलुस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्