Techie IT
आईतबार, माघ ६,२०८१

किन पटक पटक स्थगित हुन्छ नेकपा बैठक


काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी रहेको नेकपाको पाँचौ बैठक आगामी साउन २ गते (आगामी सोमबार)सम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठक आज ११ बजेका लागि वोलाइएको थियो ।

योसंगै बैठक चार पटक स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्षद्धयले पार्टीभित्र देखिएका विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् । दैनिक वान टु वान बैठक बसेपनि समस्या अझै निस्केको छैन ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकोले बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समिक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधन लगायतका बिषयमा छलफल गर्नकालागि यहि असार १० गतेदेखि जारी रहेको छ ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोगका अध्यक्ष, अनुशासन आयोगका अध्यक्ष, लेखा आयोगका प्रमुख ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहाकार परिषद्का संयोजक सहित ५० जनाको सहभागि रहेको छ । बेठकमा अहिलेसम्म ३७ जनाले आफ्नो धारणा राखिसक्नु भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #नेकपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Sunny
6:53 am5:35 pm +0545