बूढानीलकण्ठको बजेट एक अर्ब ६८ करोड ,करमा समेत छुट

बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ।
८४ महत्वपूर्ण निर्णयसमेत गरेको बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति आठ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ। विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो।
व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ। साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ। नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठको बजे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्