जिसीको १३ औं दिनको पुण्यतिथिमा सभा

काठमाडौँ, २३ असार ःराष्ट्रिय जनमोर्चा बर्दियाका नेता तथा समाजसेवी धनबहादुर जिसीको सम्मानमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।मंगलबार उहाँकै निवास बारबर्दिया नगरपालिका वडा नम्बर १० बैदिमा १३ औ दिनको पुण्यतिथिको स्मृतिको अवसरमा जनमोर्चा बर्दिया कमिटीले सभा गरेको हो ।
सभामा राजमोका युवा नेता बासुदेव पोखरेलले जिसीको जिवनी र योगदान बारे प्रकाश पार्नु भएको थियो । उहाँले जिसीको निधनले पार्टी र समाजलाई क्षति पुगेको बताउनुभयो ।
शोभाराम भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा स्वर्गीय जिसीकी धर्म पत्नी सुमित्रा जिसी, दाई टुकबहादुर जिसी, छोरा सागर जिसी र छोरी कल्पना जिसीको समेत उपस्थिति रहेको थियो ।
स्वर्गीय जिसीको स्मृतिमा एक मिनेट मौन धारण गरि सुरु भएको उक्त सभाको सञ्चालन अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रीय सदस्य तथा जनमोर्चाका नेता ज्ञानचन्द्र अर्यालले गर्नु भएको थियो।
यहि असार १२ गते नेपालगंज मेडिकल कलेज नेपालगंजमा उपचारको क्रममा उहाँको असामयिक निधन भएको थियो । २०२२ सालमा प्युठानमा जन्मनु भएका जिसीले पन्चायत कालदेखिनै अखिल नेपाल युवक संघमा संगठित भएर काम गर्नुभएको थियो ।
उहाँ बारबर्दिया नगर समितिका अध्यक्ष रहनु भएका थियो । उहाँको निधनले पार्टी र स्थानीय तहमा अपुरणिय क्षति पुगेको छ । जिसी दम र सुगरका विरामी रहनु भएको थियो ।
प्यूठानको बाङ्गे मरोठ २ मा २०२२ सालमा जन्मिनु भएका जिसी २०५५ सालतिर बर्दियाको बैदिमा बसाई सराई सर्नु भएको थियो ।
समाजसेवी नेता जिसी स्थानीयस्तरमा लोकप्रिय हुनुहुन्थ्यो । प्यूठानबाट बसाई सरेर आएपछि उहाँले व्यापार व्यवसाय संचालन गर्दै आउनु भएको थियो ।
विस २०५० सालदेखि प्युठानबाट नेपाल कम्युनिष्ट पार्टी (मसाल)मा आवद्ध रहेका जिसी बारबर्दिया नगरपालिका वडा नं १० जैदीस्थित स्थानीय पार्टी कमिटिको सेक्रेटरीसमेत रहनुभएको थियो । पाटीैका महामन्त्री मोहनविक्रम सिंहले उहाँको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको बताउनु भएको थियो ।
क्याटेगोरी : समाचार, देश परदेश
ट्याग : #धनबहादुर जिसी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्