नेविसंघ संखुवासभाद्वारा गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफूल बितरण

नेपाल विद्यार्थी संघ संखुवासभाद्वारा जिल्ला अस्पताल संखुवासभाका विरामीलाई फलफूल वितरण गरेको छ । शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा कार्यक्रममको आयोजना गरिएको हो ।
जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा उपचार गराई रहेको १६ विरामीsलाई फलफूल वितरण गरिएको नेविसंघ संखुवासभाका सचिव कुमार ल्वागुनले जानकारी दिनुभयो । उँहाले नेविसंघ केन्द्रीय कार्य समितिको परिपत्र बमोजिम कार्यक्रम गरिएको बताउनुभयो । नेविसंघ संखुवासभाका कार्य वाहक अध्यक्ष ओम श्रेष्ठले कार्यक्रममा शिखर पुरुष गिरिजाप्रसाद कोईरालाले गरेको योगदानको स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघ संखुवासभाको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका सभापति दिपन कुमार श्रेष्ठ, सचिव निरु तामाङ (बस्नेत), जिल्ला तरुण दलका सभापति टकमान घले, नेविसंघ शिक्षा कलेज काठमाण्डौका सभापति अनुज चापागाईं, पुर्व महासमिति सदस्य शेर बहादुर वन, पुर्व महाभिवेसन प्रतिनधि अनन्त गौली, तरुण दल संखुवासभाका सचिव उमेश श्रेष्ठ, क्षेत्रीय कार्य समितिका सदस्य तथा सिलिचोङ कांग्रेसका उपसभापति संयोगान्त कुलुङ, पत्रकार महासंघ संखुवासभा अध्यक्ष इन्द्र गिरी, प्रेस युनियनका सभापति कृष्णराज शाक्य साथै विभिन्न भातृ संगठनका प्रमुख तथा पदाधिकारीहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्