तारकेश्वरमा नगर स्तरीय गायन, नृत्य तथा अभिनय प्रतियोगिता हुँदै
तारकेश्वर काठमाडौ । तारकेश्वरमा नगर स्तरीय गायन, नृत्य तथा अभिनय प्रतियोगिता २०७७ हुने भएको छ ।
लकडाउनका कारण गुम्सिएर बसेका नवप्रतिभाहरुलाई प्रष्फुटित हुने अवसर सिर्जना गरी नेपाली मौलिक कलासंस्कृति एवं राष्ट्रियताको प्रवद्र्धनका साथै कोरोना महामारीसंग जुध्न सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको आयोजक सुशील फुयाँलले बताए ।
थुनिएको समयमा पनि सिर्जना अवरुद्ध हुँदैन । विपतमा सिर्जनाकर्मीहरु हौसला र उत्प्रेरणाका दीप हुन् । उनीहरुलाई प्रज्वल्लित गरी समाजलाई संत्रास र निराशाबाट बचाउनु पर्छ भन्ने सोचेर प्रतियोगिता शुरु गरिएको फुयाँलले बताए ।
बालबालिका को प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सो प्रतियोगितामा १ देखि १२ कक्षा सम्म सबै उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् ।
प्रतियोगिताका लागि अडिसन आउँदो शनिबार काभ्रेसथलीमा हुने बताइएको छ । प्रतियोगितामा एक व्यक्तिले एक वा सबै विधामा प्रतिष्पर्धा गर्न पाउनेछ ।कार्यक्रमको दर्ता शुल्क रु १० राखिएको आयोजक अमृत ढकालले प्रष्ट पारे। उनले भने पछि अन्य कुनै शुल्क तिर्नु पर्दैन ।
कार्यक्रमको निर्णायकका रुपमा कलाकार एवम् निर्देशक किशोर भण्डारी, कलाकार अजय अधिकारी सुशील, नृत्य निर्देशक सुमी लामिछाने रहेेेका छन ।
।
कार्यक्रमको निर्णायक एवम् तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको संयोजक समेत रहेका कलाकार अजय अधिकारी सुशीलले आफूले सानो हुँदा धेरै त्यस्ता मंच हरु नपाएको कारण धेरै अप्ठेरो परेको कारण अबका पिडी हरुले यस्तो भोग्न नपरोस् र मंच हरु पाइरखुन, आफ्नो गाउँ ठाउँमा रहेका प्रतिभाहरुलाई प्रोत्साहन र प्रेरणा दिन आफू एकदम उत्साहित रहेको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा नगर स्तरीय गायन, #नृत्य तथा अभिनय प्रतियोगिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्