हेटौँडा -कुलेखानी -काठमाडौँ सडकखण्डमा पहिरो, हटाउन शुरु

हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो । लमजुङ– पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ ।
शनिबार बिहानबाट गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट पुनः शुरु भए पनि आज बिहान यस सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध भएपछि यतिबेला स्काभेटरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।
सकड अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिस रोकिएको उहाँको भनाइ छ । सडक कति बेला शुरु हुने भनेर यकिन भन्न नसकिने प्रहरीको भनाइ छ । बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटरको रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्